विराटनगर । जेनिथ इन्टरनेसनल कलेज, विराटनगरले २७ औं एमबीए ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरीस्थित सोल्टी वेस्टएण्ड होटेलमा आयोजना गरिएको उक्त समारोहका प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विद्यार्थीहरूलाई सफलता हासिल गर्न आवश्यक रणनीति, अनुशासन र सकारात्मक दृष्टिकोणबारे प्रेरक सन्देश दिएका थिए ।
उनले एमबीए कार्यक्रमलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नेतृत्व, सञ्चार र निर्णय क्षमताको विकासमा केन्द्रित रहन सुझाव दिए ।
कलेजका प्रमुख सन्दीपदास श्रेष्ठले नवआगन्तुक विद्यार्थी, शिक्षक तथा अतिथिहरूप्रति स्वागत ज्ञापन गर्दै कलेजले व्यावहारिक शिक्षामा निरन्तर जोड दिदै आएको बताए ।
कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले एमबीए अध्ययनको आवश्यकता, पेशागत सम्भावना र नेतृत्व क्षमताको विकासबारे जानकारी दिए ।
View : 175
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved