Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

त्रियुगाको भत्किएको पुल मूनि वेपत्ता युवककाे शव भेटियो

उद्‌घोष संवाददाता
२४ असार २०८२, मङ्गलवार

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको भत्किएको पुलको स्ल्याब मूनि डुबेर वेपत्ता भएका युवकको शव भेटिएको छ ।

सशस्त्र प्रहरीको गोताखोर परिचालन गरेर पुल मूनिबाट शव निकालिएको हो । 

त्रियुगा नदीको बाढीले बगाएपछि पुलमूनि बनेको दहमा पौडी खेल्दै माछा मार्ने क्रममा चौदण्डीगढी नगरपालिका–६ का करीव ३० वर्षीय सुरज राई सोमबार साँझ पौने ७ बजेतिर बेपत्ता भएका भएका थिए ।

घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोली खोजी सुरु गरेपनि रात परेकोले सम्भव नभएपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाएर मंगलबार अपरान्ह शव निकालिएको हो ।

गर्मी भएका कारण भत्किएको पुल मूनि सुरजसहित प्रताप राई र सुरेश माझी पौडी खेल्दै माछा मार्नका लागि गएको प्रहरीले जनाएको छ । सोही क्रममा सुरज भने डुबेका थिए ।

पुलको स्ल्याब भित्र सुरजको फसेका कारण मृत्यु भएको जनाइएको छ ।

View : 479

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved