विराटनगर । विराटनगरका युवा उद्योगी प्रतीक राउत सार्क चेम्बर अफ कमर्स इन्डष्ट्रिज अन्तरगत गठन भएको युवा उद्यमी फोरमको कार्यकारिणी सदस्यमा मनोनित भएका छन् ।
राउत शिवम् अर्गनाइजेसन विराटनगरका सञ्चालक एवं मोरङको बुढीगंगा–१ मा निर्माण सुरु भएको आरआर इन्टरनेशनल हस्पिटलका निर्देशक हुन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतका जेठा छोरा पनि हुन् ।
सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज अन्तरगतको युवा उद्यमी फोरमको उपाध्यक्षमा भने महासंघकै केन्द्रीय सदस्य देशबन्धु बस्नेत (अजित) मनोनित भएका हुन् ।
उक्त फोरममा स्काई रोड क्यारियर्सका प्रबन्ध निर्देशक रितेश लामिछाने, आइएमई मोटर्सका सीईओ निशान ढकाल, ग्लोबल इक्विटी फन्डका साझेदार आशिष ढकाल, मेरिगोल्ड ज्वेलर्सका सञ्चालक साम्राज्य श्रेष्ठ र पराजुली टी इन्डष्ट्रिजका सञ्चालक आदित्य पराजुली मनोनित भएको सार्क चेम्बर अफ कमर्स इन्डष्ट्रिजका महासचिव जूल्फीकर अलि बटले जानकारी दिएका छन् ।
View : 352
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved