Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस सभापति गगन कुमार थापाको आकस्मिक राजीनामा

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार नै पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको खुलेको छ ।
राजनीतिक वृत्तमा अप्रत्याशित मानिएको यो निर्णय हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँग जोडिएको छ । 

निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा प्राप्त गरेपछि सभापति नैतिक दवावमा रहँदै आएका थिए । उनले नतिजा लगत्तै राजिनामा दिन लागेको जानकारी उपसभापति शर्मालाई गराएका थिए ।

उनको यो राजिनामालाई कतिपयले नैतिक जिम्मेवारी बोध भनेका छन् भने केहीले अहिले राजिनामाको समय नभएको प्रतिक्रिया दिईरहेका छन् ।

सर्लाही ४ बाट चुनाव लडेका थापासहित कांग्रेसका सवै पदाधिकारी यो निर्वाचनमा पराजित भएका छन् । 

नेपाली कांग्रेसले प्रत्यक्षमा जम्मा १८ सिट मात्रै जितेको छ । 

खराव नतिजापछि राजिनामाको मुडमा पुगेका थापालाई पार्टीभित्रका केही नेताहरूले तत्कालै राजीनामा नदिन आग्रह गरेका थिए ।

थापाले बुझाएको राजीनामाबारे औपचारिक निर्णय भने केन्द्रीय कार्यसमिति बैठकले गर्ने जनाइएको छ । उक्त बैठकमा चुनाव समीक्षा तथा नेतृत्वको भविष्यबारे समेत छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् । 

कांग्रेसको नियमित १५ औं महाधिवेशन अघि थापा पक्षले माग गरेको विशेष महाधिवेशनले बैधानिकता पाएसँगै उनी कांग्रेसको सभापति चयन भएका थिए । उनले कांग्रेसलाई नयाँ ढंगले अघि

बढाउने बाचा गर्दै पार्टीभित्र नेतृत्व, जिम्मेवारी र संगठन संरचनामै पुनगर्ठनको बहसलाई स्थापित गराएका थिए ।

View : 63

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved