Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

स्वस्थ जीवनका लागि भान्सा सुधार प्रशिक्षण सम्पन्न

उद्‌घोष संवाददाता
४ असोज २०८३, आइतवार

Advertisement

विराटनगर  । विराटनगर–१ स्थित महेन्द्रेश्वर शिवालय योग साधना केन्द्रको आयोजनामा शनिबार एकदिने ‘भान्सा सुधार तथा स्वस्थ जीवन प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विश्वभर बढ्दै गएका जटिल तथा नसर्ने रोगको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले पतञ्जलि योग समिति मोरङको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।


आफ्नो स्वास्थ्य आफ्नै हातमा छ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा वरिष्ठ कविराज बैजनाथ साहले मुख्य प्रशिक्षकका रूपमा प्राविधिक सहजीकरण गरेका थिए  । ‘

 

नुन कम चिनी नखाउँ’  भन्ने मुख्य नाराका साथ सम्पन्न प्रशिक्षणमा कविराज साहले आधुनिक जीवनशैली र अव्यवस्थित खानपानका कारण निम्तिने उच्च रक्तचाप, मधुमेह, मुटुरोग र क्यान्सरजस्ता रोगबाट बच्न खानपान सुधार र नियमित योग अनिवार्य रहेको बताए  ।

 

उनले भान्सामा उपलब्ध बेसार, मेथी, अदुवा, लसुन, र तुलसीजस्ता जडीबुटीको सही प्रयोग गरेर धेरै रोग घरमै निको पार्न सकिने जानकारी दिए ।


साधना केन्द्रका संयोजक एवम् पतञ्जलि योग समिति मोरङका सल्लाहकार ओमप्रकाश प्रसाईंको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा ८० भन्दा बढीको उपस्थिति थियो, जसमा अधिकांश महिला सहभागिता थियो ।

सहभागीहरूले भान्सालाई नै घरको अस्पतालका रूपमा प्रयोग गर्ने, नुन–चिनीको प्रयोग नियन्त्रण गर्ने र दैनिक योग साधना गर्ने प्रतिबद्धता जनाएका छन् ।


कार्यक्रममा पतञ्जलि योग समिति मोरङका उपाध्यक्ष दामोदर पोखरेल, महानगर अध्यक्ष माधव अधिकारी, महिला महानगर अध्यक्ष कुमारी तामाङ, उपाध्यक्ष चक्र लुइटेल, महासचिव डिबी बस्नेत, कोषाध्यक्ष शिव आचार्य, महिला महासचिव दीपा बस्नेत, जिल्ला प्रशिक्षण विभाग प्रमुख बाबुराम बानियाँ , महानगर सचिव पुष्प प्रसाई ,महानगर प्रशिक्षण प्रमुख तेजराज कोइरालालगायत स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

View : 15

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved