विराटनगर । रोटरी क्लव विराटनगरले विराटनगर–२ शंकरपुरस्थित जनता नमूना माविलाई ५६ लाख ५० हजार रुपैयाँको अनुदान सहयोग गर्ने भएको छ । क्लवका अध्यक्ष कमल बस्नेतका अनुसार सो विद्यालयमा लागि ४२ हजार एक सय ५९ अमेरिकी डलर ( नेपाली साढे ५६ लाख)अनुदान प्राप्त गर्ने सम्झौता अन्तर्राष्ट्रिय रोटरी क्लवसँग भएको बताए ।
जनता नमूनाको शैक्षिक सुधारका लागि तालिमका साथै खानेपानी व्यवस्था र पूर्वाधार निर्माणका लागि सो रकम खर्च गरिने अध्यक्ष बस्नेतले बताए ।
यसैबीच रोटरी क्लव विराटनगरका अध्यक्ष कमल बस्नेतले नयाँ अध्यक्ष मनोजविक्रम शाहलाई आफ्नो पद हस्तान्तरण गरेका छन् ।
शनिबार एक कार्यक्रमका बीच शाहलाई खादा,फूलको माला लगाई रोटरीको अध्यक्षको माला र मार्तोल दिई पद हस्तान्तरण गरेका हुन् । सो अवसरमा समाजसेवी दीनवन्धु गोयल, उद्योगी सुरेन्द्र गोल्छा, बैंकर्स बद्री कटवाल, समाजसेवी वेनीगोपाल मुन्दडा लगायतको उपस्थिति रहेको थियो ।
View : 264
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved