Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सिकाई तथा अनुभव आदानप्रदान भ्रमण

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई आयोजना गरिएको सिकाइ तथा अनुभव आदानप्रदान भ्रमण सम्पन्न भएको छ ।

मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्ला र नगर उद्योग वाणिज्य संघहरुमा सिकाई तथा अनुभव आदानप्रदान भ्रमण गरिएको जनाइएको छ ।

अन्य प्रदेशका उद्योग वाणिज्य महासंघ तथा संघहरूको सचिवालय व्यवस्थापन, नियमित र विकासमुलक कार्यक्रम कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापन जस्ता विषयमा भ्रमणका क्रममा छलफल भएको जनाइएको छ । सिकाई भ्रमणका कारण असल अभ्यासहरुबारे जानकारी भएको र आ–आफ्नो अनुभव सम्वन्धित जिल्लाका संघहरुसँग आदानप्रदान भएको जनाइएको छ ।

चैत्र १६ देखि सुरु भएको भ्रमण मंगलबारसम्म भएको थियो ।  भ्रमणका क्रममा लहान उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती, पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, स्याङ्जा उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश पुगेको जनाइएको छ ।

उक्त अवसरमा गतिविधि तथा सचिवालय व्यवस्थापन अभ्यासका सन्दर्भमा अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अवलोकन गरिएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।

द एशिया फाउण्डेशनको सहयोग तथा कम्यूनिटी इन्गेजमेन्टस् एण्ड आउटरिच प्रालिसँगको सहकार्यमा आयोजित भ्रमण कार्यक्रमबाट उद्योग वाणिज्य संघको संस्थागत विकासका साथै क्षमता अभिवृद्धिमा प्रोत्साहन प्राप्त भएको उनले बताए । 

भ्रमण टोलीमा महासंघ कोशी प्रदेश समितिका कार्यसमितिका सदस्य वीरेन्द्रकुमार साहसहित ३० जनाको सहभागिता रहेको जनाइएको छ ।

View : 35

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved