विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) की रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाणीले प्रविधिमा आएको परिवर्तनसँगै प्राध्यापकहरूलाई पनि त्यसस“ग तालिम आवश्यक रहेको बताएकी छन् । विज्ञान प्रविधि संकाय अन्तर्गत पूवि स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी (पुस्याट) ले प्राध्यापकका लागि सञ्चालन गरेको पाँचदिने तथ्याङ्क अनुसन्धानका लागि आर प्रोग्रामिङ तालिमको समापनमा बोल्दै रजिष्ट्रार त्रिपाठीले सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।
अनुसन्धानात्मक कार्य गर्न र कक्षा कोठामा विद्यार्थीलाई सिकाउँदा पनि तालिममा सिकेको ज्ञान उपयोगी हुने बताइन् ।
सोमबार विराटनगर स्थित पुस्याट कायालयमा भएको समापन समारोहमा तालिममा सहभागी ४२ प्राध्यापकहरुलाई प्राडा त्रिपाठीले प्रमाणपत्रसमेत वितरण गरेकी थिइन् ।
कार्यक्रममा पुस्याटका निमित्त डीन मनोज हलवाई, पुस्याटका क्याम्पस प्रमुख (निर्देशक) नरेश शाह, कार्यक्रम संयोजक अजयकुमार शाह, प्रशिक्षक तथ्याङ्कविद डा विजयलाल प्रधान, अधिकृत दीपेन्द्र मण्डल लगायतले तथ्याङ्क अनुसन्धानका लागि आर प्रोग्रामिङ तालिम प्राध्यापकको क्षमता अभिवृद्धिका लागि उपलब्धीपूर्ण हुनेमा विश्वास व्यक्त गरेका थिए ।
View : 410
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved