Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनसेलको सेयर किनबेच प्रकरण छानबिन गर्न समिति गठन

उद्घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

काठमाडौं। मलेसियन लगानीकर्ता आजियाटाले दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजक रहेको समितिका सदस्यमा  फणीन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् ।

प्रक्रिया पुरा नगरी एनसेलको सेयर खरिदबिक्री गरेर चलखेल भएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।

यस्तै बिहीबारको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका विश्व बैंकबाट प्राप्त हुने पहिलो चरणको सहायतासम्बन्धी वार्ता गर्नका लागि वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी खानेपानी मन्त्रालयको प्रस्तावमा खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम र सदस्यमा यसोदा कार्की र कुल कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

View : 209

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved