Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको १ लाख २१ हजार

उद्घोष सम्वाददाता
२१ कार्तिक २०८०, मङ्गलवार

विराटनगर : गत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले १ लाख २१ हजार १११ रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । 

महासंघका अध्यक्ष राजेन्द्र राउतले भूकम्पको दुःखद् अवस्थामा पीडितहरुलाई थप सहयोग गर्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले तत्काललाई महासंघको तर्फबाट १ लाख २१ हजार १११ रुपैयाँ राहत सहयोग गर्ने निर्णय भएको बताए ।

अध्यक्ष राउतले भूकम्प पीडितहरुका लागि आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानी जस्ता अत्यावश्यक राहत सामग्रीहरु उपलब्ध गराउँदै सहयोग गर्न आग्रह गरेका छन् ।

महासंघले राहत सहयोग गर्न चाहने संघ वा उद्योगी व्यवसायीहरुले महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) लाई सम्पर्क र समन्वय गर्न समेत आग्रह गरेको छ ।

View : 122

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved