Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पर्यटन उद्योगको व्यावहारिक ज्ञानका लागि  एम्सको सौराहामा अभिमुखीकरण

उद्‌घोष संवाददाता
२२ कार्तिक २०८२, शनिवार

 विराटनगर । विराटनगरस्थित एम्स कलेजले स्नातक तहको होटल व्यवस्थापनका ३३ जना विद्यार्थीका लागि चितवनको सौराहामा आयोजना गरिएको तीनदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कलेजले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै आठौ छिमल (ब्याच) का विद्यार्थीहरूलाई पर्यटन तथा आतिथ्य उद्योगको व्यावहारिक ज्ञान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका विद्यार्थीहरूले पर्यटकीय वातावरणको प्रत्यक्ष अनुभव लिए । उनीहरूले जंगल सफारी गर्दै हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तु अवलोकन गरे । साथै, जीप सफारीमार्फत चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरे । यी गतिविधिहरूले विद्यार्थीहरूलाई नेपालको पर्यटन उद्योगको महत्त्व र यसको व्यवस्थापनका चुनौतीहरू बुझ्न सहयोग पुर्‍याएको कलेजका प्राचार्य शशांक पोखरेलले बताए ।  

कार्यक्रममा पर्यटन तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्वहरूले विद्यार्थीहरूलाई उत्प्रेरणादायी मन्तव्य दिए ।

May be an image of one or more people and motorcycle

प्रेन्सीडेन्सी कलेजका प्राचार्य शम्भु क्षेत्री, काठमाडौं ह्वाइटहाउस कलेजका पूर्व प्राचार्य तथा उद्यमी शम्भु दाहाल, एम्स कलेजका अध्यक्ष तुलसी पोखरेल, प्राचार्य शशांक पोखरेल र सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरेले होटेल व्यवस्थापनको अध्ययनलाई भविष्यको सफल करियर बनाउन, नवीन सोच राख्न र सेवाग्राहीलाई उत्कृष्ट अनुभव प्रदान गर्नमा जोड दिए ।

कलेजले यस्ता व्यावहारिक अभिमुखीकरणबाट विद्यार्थीहरूलाई विश्वस्तरीय पर्यटन उद्योगका लागि तयार गर्ने लक्ष्य राखेको छ ।

View : 1343

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved