Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

प्रेस स्वतन्त्रता दिवसमा पत्रकार सम्मानित

उद्‌घोष संवाददाता
२१ वैशाख २०८३, सोमवार

Advertisement

सुन्दरहरैंचा । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङको सुन्दरहरैंचामा क्रियाशील पत्रकारहरूलाई इन्द्रपुर जेसिजले सम्मान गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष समीर बस्नेत र जेसिजका पूर्वअध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । 

पत्रकारितामार्फत सत्य, निष्पक्ष र विश्वसनीय सूचना प्रवाह गर्दै नागरिकलाई सुसूचित बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानित हुने पत्रकारहरूमा कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), लिलानाथ गच्छदार (जनचर्चा टाइम्स), मणिराम दाहाल (उद्घोष दैनिक तथा रासस), राज पोखरेल (इष्ट खबर), ज्ञाननाथ ढकाल (निष्पक्ष खबर), शिव भट्टराई (भोजपुरे सुन्दरहरैंचा अपडेट) र निरज खवास (फटाफट न्यूज) रहेका छन् ।

पत्रकारिताको माध्यमबाट समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतान्त्रिक मूल्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संस्थाले आफ्नो २५औं वर्ष पुगेको अवसर पारेर विश्व प्रेस स्वतन्त्रता दिवसमा सम्मान गरेको अध्यक्ष समीर बस्नेतले बताए ।

View : 224

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved