Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

संगम भए युवा संघको अध्यक्ष

उद्‌घोष संवाददाता
२१ फागुन २०८०, सोमवार

विराटनगर । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल विराटनगर महानगर कमिटीको हालै सम्पन्न भेलाले संगम चौधरीको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा शैलेस यादव र फारुख शेखलाई चयन गरेको छ । सचिव दीपक यादव, सहसचिवमा रेहन खान, उज्ज्वल थापा, जयबहादुर राजवंशीलाई चयन गरेको नवनिर्वाचि कमिटीका अध्यक्ष संगम चौधरीले जानकारी दिएका छन् । उनका अनुसार कोषाध्यक्षमा प्रजिता बराल चयन भएकी छिन् ।

युवा संघ नेपाल विराटनगर महानगर कमिटीको शुक्रबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले नयाँ कमिटी चयन गरेको हो ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश कमिटी सचिव महेश रेग्मीको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टीका सल्लाहकार कमिटी सदस्य भीम बस्नेत, विराटनगर महानगर कमिटी अध्यक्ष वीरेन्द्रकुमार यादव, सचिव हिरामीरा दाहाल, पार्टीका मोरङ जिल्ला कमिटी सहसचिव वसिम आलम, निलम ढुंगेल,  युवा संघ स्थायी कमिटी सदस्य प्रेमराज भारती, जुनु पोखरेललगायतको उपस्थिति रहेको थियो ।

View : 570

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved