Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

जहदा कप क्रिकेट सुरु

उद्‌घोष संवाददाता
१३ वैशाख २०८३, आइतवार

विराटनगर । मोरङको जहदा गाउँपालिकामा शुक्रबारदेखि ‘जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३’  सुरु भएको छ । 

वैशाख १९ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टमा जहदा र धनपालथानका ७÷७ वटा टिमले सहभागिता जनाएका छन् । 

संस्थाका अनुसार टुर्नामेन्टमा जहदा र धनपालथान गाउँपालिकाका स्थानीय टिमहरुको सहभागिता रहेको छ । 

टुर्नामेन्टका क्वार्टर फाइनल खेलहरु वैशाख १५ र सेमिफाइनल खेलहरु १७ गतेबाट सुरु हुने आयोजक संस्था लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेशकुमार साहले बताए ।

उनले नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका  लागि प्रत्येक वर्ष टुर्नामेन्टको आयोजना गरिदै आएको जानकारी दिए ।

टुर्नामेन्टको फाइनल खेल भने बैशाख १९ गते हुने आयोजक संस्थाले जनाएको छ । 

संस्थाका अनुसार खेलको विजेता र उप–विजेता टिमले क्रमशः ५१ हजार र २५ हजारको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

View : 129

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved