Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालय स्कुलका खनाललाई उत्कृष्ट प्राचार्य अवार्ड

उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

सुन्दरहरैंचा । एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित अन्तर्राष्ट्रिय उत्कृष्ट अवार्डमा सुन्दरहरैंचा नगरपालिका–१० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्राचार्य कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा प्राचार्य  खनाललाई उत्कृष्ट प्राचार्य अवार्डद्वारा सम्मानित गरिएको हो । 

उनले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त गरेका हुन् । 

सो कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बाङ्ग्लादेशलगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई ‘इन्टरनेसनल एक्सेलेन्स अवार्ड’ द्वारा सम्मान गरिएको छ । 

अवार्ड प्राप्त गरेपछि उनले आगामी दिनहरुमा विद्यालयलाई थप उचाइ पु¥याउने प्रतिबद्धता व्यक्त गरे । विगत ३ वर्षदेखि सो कार्यक्रम आयोजना हुँदै आइरहेको छ । 

उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक प्राचार्य खनाल गत हप्ता थाइल्याणड, सिंगापुर हुँदै मलेसिया पुगेका थिए । 

पछिल्लो समय सुन्दरहरैचामा हिमालय स्कुल पठनपाठनका अतिरिक्त विभिन्न क्रियाकलाप गर्नमा अगाडि रहेको पाइन्छ ।

View : 230

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved