Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा गर्यो ।

इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो ।

नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे ।

दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे । इटालीका बलर क्रिशान कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट झारे ।

जसप्रित सिंह र जे जे स्मट्सले समान १–१ विकेट लिए । समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो ।

यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ ।

्यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

View : 110

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved