Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग संगठनले तोक्यो आसनदेखि रासनसम्मको समय

उद्घोष सम्वाददाता
१३ असार २०८१, बिहिवार

विराटनगर । तोकिएको समयमा कार्यक्रम सुरु नहुने र ढिलो सुरु हुँदा फनि लम्बेतान कार्यक्रम हुने समस्या हिजोआज सामन्य बनेको छ । 

आयोजकले नै कार्यत्रम ठिक समयमा सुरु गर्नुपरे ‘अंग्रेजी टाइम’, निर्धारित समयभन्दा ढिलो हुने भए नेपाली टाइमअनुसार भन्ने गरेको पनि सुनिन्छ ।

तोकिएको समयमा कार्यक्रम सुरु नहुँदा धेरैलाई समय व्यवस्थापन गर्न समस्या हुन्छ । बसौँ कार्यक्रम सुरु हुने छाँटकाँट छैन, उठेर जाउँ आयोजकले के भन्लान् भन्ने पिर पर्नेका लागि यस पटक उद्योग संगठन मोरङले आफ्नो ५१ औं साधारण सभामा कार्यक्रमको सबै खण्डमा समयको पावन्दी लगाएको छ । संगठनले आसन ग्रहणदेखि रासन(रात्रिभोज)सम्मको समय तोकेर निम्तापत्र बाँडेको छ । 

उद्योग संगठन मोरङले आउँदो शुक्रबार ५१ औं वार्षिक साधारण सभा गर्दैछ । यसअघिका साधारण सभामा कहिले निम्ता गरेका व्यक्ति समय नआइदिएर कुर्सी खाली हुने त कहिले प्रमुख अतिथि ढिलो आएर कार्यक्रम प्रभावित अवस्थालाई मध्यनजर गरेर संगठनले यस पटक नयाँ प्रयोग गरेको बुझिएको छ । 

संगठनका अध्यक्ष राकेश सुरानाको नाममा बाँडिएको निम्तापक्रमा शुत्रबार ३ः१५ सम्ममा आसन ग्रहण भइसक्ने गरी समय निर्धारण गरिएको छ । 

त्यसपछि ३ः२० मा राष्ट्रगान गाउनेदेखि लिएर ६ः०५ मायाको चिनो वितरण र ६ः१५ मा शान्त रात्रिभोजको कार्यक्रम हुने विवरण निम्तापत्रमा उल्लेख छ । यसरी समय निर्धारण गरेपछि कार्यक्रममा कति समय खर्च गर्नुपर्ने हो सो को फूर्वजानकारीले निम्तालु अतिथिलाई शान्त राख्ने आयोजकले विश्वास लिएको देखिन्छ । 

‘हामीले कार्यक्रममा सीमित वत्ता राखेका छौं, वक्तालाई विषयभन्दा बाहिरको कुरा नबोलिदिन पनि भन्छौं’ संगठनका अध्यक्ष सुरानाले भने, ‘समय सबैका लागि उत्तिकै महत्वको हुन्छ भन्ने सन्देश दिनका लागि पनि हामीले पहिल्यै समय निर्धारण गरेका हौं ।’ 

संगठनले भर्खरै सम्पन्न गरेको मानव संशाधनसम्बन्धीको एक कार्यक्रमबाट समय व्यवस्थापन गर्दा कति वटा प्रस्तुति गर्न सकिन्छ भन्ने सिकाइलाई यस पटक साधारण सभामा पनि प्रयोग गर्न प्रयास गरिएको सुरानाले बताए । उनका अनुसार कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्की छन् । 

निम्तापत्रमा उनको बोल्ने पालो ५ः४० बजे तोकिएको छ । निम्तापत्रअनुसार कार्कीले संगठनको साधारण सभा समुद्घाटन समारोहलाई २५ मिनेटमात्र सम्बोधन गर्न पाउने छन् ।

View : 178

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved