विराटनगर । धरान उपमहानगरपालिका–१५ बगरटोलमा शनिबार रातीको बाढीले पक्की पुलमा क्षति पुगेपछि त्यसलाई जोगाउन भन्दै श्रमदान गरिएको छ ।
मेयर हर्क साम्पाङको आह्वानपछि आइतबार विहानैदेखि भेला भएका स्थानीयले क्षति पुगेको ठाउँमा ढुंगा हालेका छन् ।
सयौंको संख्यामा उपस्थित भएका स्थानीयले पुलको पिलर र पुलको दुवैपटिको छेउमा रहेको रिटेनिङ वाललाई बाढीबाट जोगाउनका लागि तारजाली हालेका छन् ।
धरानको वडा नम्बर ५ र १५ नम्बर वडालाई जोड्ने उक्त पुलमा जेठ १७ राती आएको बाढीले क्षति पुर्याएको छ ।
View : 111
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved