सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील संस्था किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको छैटौं डिष्ट्रिक्ट कन्भेन्सनको तयारी पूरा भएको छ । इटहरीमा शुक्रबार सुरु हुने डिष्ट्रिक्ट कन्भेन्सनको तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।
छैटौं डिष्ट्रिक्ट कन्भेन्सनमा बिदेशीसहित पाँच सय भन्दा बढी किवानिजहरुको उपस्थिति रहने डिष्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले जानकारी दिए । किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने क्लवकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन् ।
दुई दिनसम्म चल्ने कार्यत्रमले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको आयोजकले जनाएको छ । कन्भेन्सनलाई एउटा अवसरका रुपमा लिएको तामाङले बताइन् ।
‘१३९ क्लव र २ हजार ३ सय सदस्यमध्ये उक्त कन्भेन्सनमा पाँच सय भन्दा बढी किवानिज प्रतिनिधिहरु इटहरीमा एकैपटक आउँदा यहाँको पर्यटनले पनि गति लिने तामाङको दाबी छ ।
कन्भेन्सनले डिस्ट्रिक भाइस गभर्नर चयन गर्नेछ । सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने शहरमा स्थापना भएको यो संस्थाले १८ बर्षमुनिका बालबालिकाको र शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा सन् २०१६ देखि किवानिज क्लव औपचारिक रुपमा स्थापना भएको हो ।
View : 171
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved