Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस विशेष महाधिवेशन :

अब भृकुटीमण्डपमा केन्द्रीय समिति चयन गर्न मतदान हुन्छ ?

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आजै राति ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

संस्थापन पक्षले केन्द्रीय समितिको बैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टी सदस्यबाटै निस्कासित गरिसकेको अवस्थामा भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको प्रकृया अघि बढाएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठित निर्वाचन समितिले केहीबेर अगाडि सूचनामार्फत नयाँ नेतृत्व चयनका लागि बुधबार राति ८ बजेदेखि मतदन सुरु हुने तालिका सार्वजनिक गरेको छ । तर सभापतिसहितका सवै पदाधिकारीमा भने सर्वसम्मत नेतृत्व चयन गरेर जाने भित्रभित्रै तयारी अघि बढिरहेको छ ।

संस्थापनको कारवाहीमा परेका सहमहामन्त्री मन्सुरले केहिबेर अघिमात्रै विशेष महाधिवेशनको रोष्टमबाट गगन थापालाई सभापति चयन गरेर जाने घोषणा गरिसकेका कारण निर्वाचन समितिले भनेजस्तो मतदानको प्रकृया अघि बढ्ने सम्भावना नरहेको महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिहरुले बताएका छन् ।

निर्वाचन समितिले औपचारिकताका लागि मात्रै निर्वाचन कार्यक्रम अघि बढाएको जनाइएको छ ।

केहिबेरमै मनोनयन दर्ता भएका सवै पदका उम्मेद्वारहरुको नामावली प्रकाशन गर्ने तयारी रहेको जनाइएको छ ।

विशेष महाधिवेशनको हलले पार्टीको पुरानै विधानअनुसार नेतृत्व चयन गर्नेछ । जस अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्यसहित १३१ सदस्यी केन्द्रीय समिति चयन हुने निर्वाचन समितिका संयोजक सिताराम केसीले बताए । 

विशेष महाधिवेशनले बनाएको निर्वाचन कार्यविधि अनुसार पाँच सदस्यीय निर्वाचन समितिले गगन-विश्वप्रकाशले दाबी गरेको आधिकारिक कांग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको घोषणा गर्नेछ । 

विशेष महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेका घटाएर कुल प्रतिनिधि ४ हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम रहेको जनाइएको छ ।

View : 153

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved