Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पहिचानवादीले जलाए किसानको पराल बोकेको गाडी

उद्घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

विराटनगर । बन्द हड्तालमा उत्रिएका पहिचानवादी संघसंस्थाहरुले मेची राजमार्गमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् । 

इलामको रोङ गाउँपालिका–४ किटेनीमा उनीहरुले पराल बोकेको पिकअप भ्यानमा आगजनी गर्दा परालसँगै गाडी जलेर काम नलाग्ने भएको छ ।

झापाबाट पराल लिएर इलामतर्फ गइरहेको मे १ च ११४० नम्बरको पिकअपको चालकलाई उतारेर उनीहरुले आगो लगाइदिएको स्थानीयले बताए । 

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका बन्दकर्ताहरुले मेची राजमार्ग बन्दको घोषणा गरेका थिए ।

उनीहरुले यसअघिका आन्दोलनमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै बन्द घोषणा गरेका थिए ।

View : 186

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved