Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस

सहायक क्याम्पस प्रमुखमा साह, महासेठ र गोहिवारको आवेदन

उद्‌घोष संवाददाता
११ साउन २०८२, आइतवार

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको विज्ञान संकाय अन्तर्गत रिक्त सहायक प्रमुखका लागि तीन जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा डा सत्यनारायण साह, अरुण महासेठ र डा रमेशकुमार गोहिवार छन् ।

सो संकायमा सहायक क्याम्पस प्रमुख रहेको उमेशप्रसाद यादवको कार्यावधि साउन ४ गते सकिएपछि नया“ नियुक्तिका लागि साउन ९ अपराह्न ५ बजेसम्ममा आवेदन दिइसक्नका लागि माग गरिएको थियो । जसमा तीन जनाले आवेदन दिएका हुन् ।  आवेदन दिने तीनै जना नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ समूहका हुन् । डा साह संघका  क्याम्पस एकाई सभापति हुन् भने गोहिवार त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईंका सदस्य हुन् । 

दोस्रो कार्यकाल सकेका प्रजातन्त्रवादी समूहका सहायक प्रमुख यादवको तेस्रो कार्यकालका लागि  भने आवेदन दिएनन् । नेकपा एमाले निकट डा तुलसी निरौलाले आवेदन दिने चर्चा भए पनि विज्ञान संकाय प्रजातन्त्रवादी समूहको भागमा भएकोले भद्र सहमतिको आधारमा सहायक प्रमुखमा आवेदन नदिएको बताइन्छ । व्यवस्थापन संकायमा जस्तो माग बमोजिम एक जनाको मात्र आवेदन पर्ने अनुमान गरिएको तीन जनाको परेपछि डा निरौलालाई पनि शुक्रबार अन्तिम समयमा आवेदन दिन अनुरोध गरिए पनि उनले वेवास्ता गरेको बताइन्छ ।

उता व्यवस्थापन सङ्काय (बिहानी र दिवा सत्र) अन्तर्गत रिक्त सहायक क्याम्पस प्रमुख पदमा शिवनारायण चौधरी र रवि रोक्का नियुक्त हुने सुनिश्चित भएको छ । सहायक क्याम्पस प्रमुख नियुक्तिका लागि माग गरिएको आवेदनमा आइतबार (असार २९ गते) अन्तिम दिन अपराह्न ५ बजेसम्ममा जम्मा दुई जनाको मात्र आवेदन परेकोले उनीहरु सो पदमा नियुक्त हुने सुनिश्चित भएको हो  । उनीहरुको असार ३२ गते नै अन्तरवार्ता भई सकेको छ । 

विहानी र दिवा सत्रका लागि आवश्यक एक–एक जनामा चौधरी र रोकाको मात्र आवदेन परेको उनीहरु दुवै जनाले सहायक क्याम्पस प्रमुखका लागि अन्तवार्ता दिइसकेकोले उनीहरु सो पदका लागि सुनिश्चित भएका हुन् । उनीहरूमा चौधरी जसपा निकट समाजवादी प्राध्यापकमा  आवद्ध हुन् भने रोका एमाले निकट पग्रतिशील प्राध्यापक संगठनमा आवद्ध हुन् ।

क्याम्पसद्वारा असार ९ गते गठित तीन सदस्यीय छनोट समितिका संयोजक प्राडा देवीबहादुर थापाद्वारा हस्ताक्षरित सूचनानुसार, व्यवस्थापन सङ्कायमा २०८१ असार १४ गतेदेखि रिक्त रहेको दुई सहायक क्याम्पस प्रमुख पदका लागि उम्मेदवार छनोट गरिनेछ ।

सो पदका लागि त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद २०, विनियम ४४ को उपविनियम ४ बमोजिमको योग्यता पुगेका महेन्द्र मोरङ क्याम्पसमा कार्यरत शिक्षकहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । सम्बन्धित अध्ययन संस्थान वा सङ्कायमा कार्यरत प्राध्यापकहरूलाई बढी ग्राह्यता दिइने क्याम्पसले जनाएको थियो । छनोट समितिमा सहप्राध्यापक ललितनारायण मण्डर र सहप्राध्यापक डा उद्धव पोखरेल सदस्य छन् ।
 

View : 580

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved