विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान जारी रहँदा ४४ प्रतिशत मत खसिसकेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह १ बजेसम्म ११ हजार ६३८ खसेको विवरण प्राप्त भएको जनाएको छ ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।
आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ ।
मतदान केन्द्रहरूमा मतदाताहरू पुगिरहेका छन् । विहान केही सुस्त रहेको मतदानले अपरान्हतिर भने गति लिएको छ ।
धान काट्ने सिजन भएका कारण मतदाताहरूले घरमा पालो मिलाएर मतदान केन्द्रमा जाने गरेको बताएका छन् ।
ग्रामथान उपनिर्वाचनमा १५ वटा राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।
View : 60
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved