Biratnagar, Morang, Nepal
२२ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाल–भारत सीमाको निगरानी एआईबाट

उद्‌घोष सम्वाददाता
२२ माघ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । भारत सरकारले विहार प्रान्त अन्तर्गतका नेपालसँगका सबै सीमा नाकाहरूमा अब आर्टीफिसिएल इन्टेलिजेन्स (एआई) बाट निगरानी गर्ने भएको छ । सीमा क्षेत्रका सबै साना, ठूला नाकाहरूमा सीसी क्यामेरासहित आर्टीफिसियल इन्टेलिजेन्स जडान गरिने भएको हो ।

भारतीय सञ्चारमाध्यका अनुसार हालका ११ वटा व्यापारिक नाकासहित थप ५४ वटा स्थानमा गरी ६५ ठाउँमा सीसी टिभी क्यामेरा जडान गरी एआईद्वारा निगरानी गर्न लागिएको बताइएको छ ।

बिहार प्रान्त अन्तर्गत पूर्वमा सिक्टी नाकादेखि पश्चिममा मदनपुरसम्म ५ सय ५४ किलोमिटर लम्बाइमा क्यामेरा जडान गरी त्यसको निगरानी कन्ट्रँेल रुमबाट गर्न सकिने व्यवस्था गर्न लागेको हो । सबै क्यामेरा नाइट भिजन सहितका हुने छन् ।

सीसी क्यामेराबाट सीमा क्षेत्रका कन्ट्रोल रुमका अलावा सीमा सुरक्षा बल (एसएसबी) को पटनास्थित मुख्यालयबाट पनि गर्न सकिने गरी व्यवस्था मिलाउन लागिएको हो । त्यसपछि कुनै एक ठाउँबाट चौबीसै घन्टा सीमा नाकाहरूको निगरानी गर्न सकिने छ ।

सीमामा सुरक्षा निगरानी बढाउन एसएसबीले बोर्डर आउट पोष्ट (बीओपी) पनि थप्दैछ । ५ सय ५४ किलोमटिर क्षेत्र भित्र अब एसएसबीका १ सय ९० भन्दा बढी बीओपी रहने छन् । 

सीमा नाकाहरूबाट कुख्यात अपराधीहरू एक देशबाट अर्को देशमा सहजै आउन–जान नसकून् भनेर कडँइ गर्न लागिएको हो । अब सीमा नाकाबाट आवत–जावत गर्ने हरेक नागरिकको पूरै स्क्यानिङ हुनेछ ।

भारतीय सुरक्षाकर्मीका अनुसार यसबाट नक्कली नोट, लागू औषध, अवैध मदिरा, सुनको तस्करीसहित सबै अवैध धन्दाको नियन्त्रण गर्न त्यसबाट मद्दत पुग्ने छ । 

अहिलेसम्म सीमा क्षेत्रको निगरानी अत्याधुनिक उपकरणहरूबाट हुन सकेको थिएन । जसले गर्दा सीमा क्षेत्रको आपराधिक गतिविधिको नियन्त्रण गर्न समस्या भइरहेको थियो ।

विहार प्रान्त अन्तर्गत नेपालसँग जोडिएको सीमाको लम्बाई ६ सय ३३ किलोमिटरमध्ये झापाको दक्षिणी सीमा जसको सीमा विहारको किसनजञ्ज जिल्लासँग जोडिएको छ । 

७९ किलोमिटरको दुरीमा कोलकातास्थित एसएसबी मुख्यालयले हेर्छ भने बाँकी ५ सय ५४ किलोमटिर दुरीको निगरानी एसएसबीको पटनास्थित मुख्यालयले हेर्छ । सीमा सुरक्षाको विषयलाई लिएर चाँडै नै उत्तर प्रदेशको लखनऊमा बैठक हुने बताइएको छ ।

View : 32

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved