पथरीशनिश्चरे : मोरङको पथरी शनिश्चरे–५ का अति विपन्न १५ वर्षीय दीपक ऋषिदेवको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ ।
१ वर्षदेखि खुट्टामा राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि ऋषिदेवलाई बनेपा लगिएको हो । पथरीशनिश्चरे नगरपालिकाले बनेपासम्म पुर्याउन एम्बुलेन्स सेवा उपलब्ध गराउनुका साथै खानाका लागि नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सहयोगको लागि निवेदन प्राप्त भएपछि नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडाध्यक्ष भीम राई लगायतका जनप्रतिनिधि बैठक बसी उनलाई सहयोग प्रदान गरिएको हो ।
ऋषिदेवलाई नगरपालिकाकै सहयोगमा उपचारका लागि आइतबार धरानको घोपा पुर्याएर ल्याइएको थियो ।
View : 103
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved