विराटनगर । जेनजी समुहको उग्र प्रदर्शनले देशका प्रमुख प्रशासनिक निकाय आगजनी भएर ध्वस्त भएपछि मुलुकको राष्ट्रिय सुरक्षाको सेनाको हातमा पुगेको छ । सेनाकै नेतृत्वमा आन्दोलनकारीको माग सम्बोधन हुने गरी राष्ट्रिय सरकारको गठनको प्रक्रिया अघि बढेको छ ।
संवैधानिक निकास मार्फत कि आन्दोलनको मागलाई सम्बोधन गर्ने भन्ने विषयले राजनीतिक बहस समेत अर्को कोणबाट सुरु भएको छ ।
बिहीबार साँझ नेपाली सेनाको सक्रियता बढेको र सत्ता नै हातमा लिनेसम्मको चर्चा चुलिएपनि त्यसलाई खण्डन गर्दै नेपाली सेनाकै समन्वयमा अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको जनाइएको छ ।
गए राती राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्रीबाट राजिनामा दिएर सैनिक सुरक्षाभित्रै रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सबै दलका प्रमुख नेताहरूसँग छलफल गरेका छन् । उक्त छलफलको मुख्य विषय सरकारविहिनताको अन्त्य गर्नेमा केन्द्रीत भएको जनाइएको छ ।
त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु नै अहिलेको आवश्यकताको सम्बोधन हुने स्पष्ट पारेको जनाइएको छ ।
आगजनीका कारण हिंदरवार नै जलेर खरानी भएका कारण संग्रहालयका रुपमा संरक्षित नारायणहिटी दरबारलाई नयाँ प्रशासनिक केन्द्र बनाउने तयारी भएको जनाइएको छ । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले नारायणहिटीबाट काम सुरु गर्ने उच्च स्रोतले जनाएको छ ।
छलफलका क्रममा दलका सवै नेताहरूले संविधान अनुसार अघि बढ्न राष्ट्रपति पौडेललाई सुझाव दिएको जनाइएको छ ।
View : 443
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved