Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

इटहरीका नगर प्रहरी दीक्षित

उद्‌घोष सम्वाददाता
१८ पुष २०८०, बुधवार

सुन्दरहरैंचा । इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाइ इटहरी रंगशालामा  मंगलबार   दीक्षित गरिएको हो ।

उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपीन रेग्मी, सशस्त्र प्रहरीका एसपी लकेस तुम्बाहाम्फे लगायतले दीक्षित गरेका हुन् ।

दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्र्रिय सलामी अर्पण गरि कवाज प्रदर्शन गरेका थिए । उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले शपथ गराएका थिए ।  दीक्षित नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको  थियो ।

उनीहरूलाई दीक्षित गर्दै  उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए ।

नगर प्रहरीलाइ उपमहानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन लगायतका जिम्मेवारीहरू तोकिएका छन् ।

तालिममा रितु चौधरी, बिक्रम चौधरी र नीता राई उत्कृष्ट भए भने कवाजतर्फ निमा तामाङ र पुस्कर निरौला पुरस्कृत भएका छन् ।

View : 130

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved