Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसको सहायक प्रमुखमा शिवनारायण चौधरी र रवि रोका नियुक्त

उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । महेन्द मोरङ क्याम्पस विराटनगरको व्यवस्थापन संकायको  सहायक क्याम्पस प्रमुखद्वयमा शिवनारायण चौधरी र रवि रोक्का सोमबार नियुक्त भएका छन् । सो पदका लागि  आवश्यक दुई जनामा चौधरी र रोकाको मात्र आवदेन परेपछि क्याम्पस प्रमुखको सिफारिसमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्क केसीले उनीहरूलाई नियुक्ति गरेका हुन् ।

व्यवस्थापन संकायको विहानीसत्रका लागि चौधरी  र दिवा सत्रका लागि रोका नियुक्त भएका हुन् ।

सो पदका लागि त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद २०, विनियम ४४ को उपविनियम ४ बमोजिमको योग्यता पुगेका महेन्द्र मोरङ क्याम्पसमा कार्यरत शिक्षकहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । सम्बन्धित अध्ययन संस्थान वा सङ्कायमा कार्यरत प्राध्यापकहरूलाई बढी ग्राह्यता दिइने क्याम्पसले जनाएको थियो ।

View : 977

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved