Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुन्दरहरैंचामा पुनर्निर्माणको पहल

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

सुन्दरहरैंचा । हालैका घटनापछि सुन्दरहरैंचामा सामाजिक सदभाव कायम गर्दै पुनःस्थापना र पुनर्निर्माणका लागि एकताबद्ध पहल सुरू भएको छ । 

स्थानीय समुदाय, संघ–संस्था, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागितामा भएको छलफलमा पुनःनिर्माण र सहयोग अभियानलाई प्रभावकारी बनाउन विभिन्न एजेन्डा तय गरिएको छ ।

सामाजिक सद्भावलाई प्राथमिकताका साथ मजबुत गर्ने, संघ–संस्था, उद्योग–धन्दा र बजार सञ्चालनको वातावरण निर्माण गर्ने, तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी सम्बन्धित निकायमार्फत आवश्यक कानूनी कारबाही गर्ने उल्लेख गरिएको छ । 

साथै क्षतिग्रस्त सार्वजनिक तथा निजी सम्पत्तिको पुनस्र्थापना र पुनर्निर्माणमा आर्थिक तथा भौतिक सहयोग जुटाउने, भविष्यमा हुन सक्ने सम्भावित घटना वा दुर्घटनाबारे सचेत रहँदै सचेतना सम्प्रेषण गर्ने, आवश्यकता अनुसार सुरक्षा निकायसँग अन्तरक्रिया र छलफल बैठक गर्ने, अन्य विविध विषयमा स्थानीय सहभागिता र समन्वयलाई प्रोत्साहन गर्ने लगायत उल्लेख भएको छ । 

समुदायमा एकआपसमा सहयोगी भावना बढाउदै  सुन्दरहरैंचालाई सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त भएको छ ।

View : 218

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved