Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरिहन्त माविले चुम्यो कोशी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिताको उपाधि

उद्‌घोष संवाददाता
२८ मंसिर २०८२, आइतवार

नेपाली हस्तलेखनमा उत्कृष्ट विद्यार्थी ईश्वरीकुमारी माझी, वक्तृत्वकलामा शान्त्वना स्थान ल्याउने प्रिन्स कार्की साथमा अरिहन्त माविका प्राचार्य सपन माझी (दायाँ) र सहायक प्राचार्य सविन माझी

Advertisement

विराटनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (एन–प्याब्सन) को आयोजनामा सम्पन्न कोशी प्रदेशस्तरीय  नेपाली हस्तलेखन प्रतियोगितामा विराटनगर–४ स्थित अरिहन्त माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरी उपाधि हात पारेको छ। हस्तलेखन प्रतियोगितामा अरिहन्तकी इश्वरीकुमारी माझी प्रथम भएकी हुन्।

सुन्दरहरैचा नगरपालिका स्थित इन्द्रपुर अंग्रेजी आवासीय स्कुलमा आयोजित सो प्रतियोगितामा द्वितीय स्थानमा जेभियर अंग्रेजी स्कुल, तृतीय स्थानमा हिमालय अंग्रेजी स्कुल र चौथो स्थानमा इन्द्रपुर अंग्रेजी स्कुल रहे।

यसैगरी, सोही अवसरमा आयोजित कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा अरिहन्त माध्यमिक विद्यालयले चौथो स्थान प्राप्त गरेको छ। विद्यालयका छात्र प्रिन्स कार्कीले शान्त्वना पुरस्कार प्राप्त गरेका हुन्।

एन–प्याब्सन मोरङले शिक्षण संस्थाका विद्यार्थीहरूमा नेपाली भाषाको शुद्धता र हस्तलेखनको महत्त्व बढाउन यो प्रतियोगिता आयोजना गरेको बताएको छ। कार्यक्रममा विजेता विद्यार्थी तथा विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपाली हस्तलेखनमा उत्कृष्ट प्रदर्शन गरेबापत अरिहन्त माविका प्राचार्य सपन माझी र सहायक प्राचार्य सविन माझीले खुसी व्यक्त गर्दै यसलाई विद्यार्थीहरूको मेहनत र विद्यालयको शिक्षण प्रणालीको सफलताको रूपमा लिएका छन्।

उल्लेख्य छ कि, दुई हप्ता अगाडि भएको मोरङ जिल्लास्तरीय हाजिरीजवाफको माथिल्लो र तल्लो कक्षा दुवै तहको प्रतियोगितामा अरिहन्तले नै उपाधि हासिल गरेको थियो।

View : 1105

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved