विराटनगर । विराटनगर–१४ जतुवास्थित गुरुकुल माविका जेहेन्दार विद्यार्थीहरुलाई ३६ हजार रुपैयाँको छात्रवृत्ति रकम प्रदान गरिएको छ ।
सोमबार विद्यालय परिसरमा भएको कार्यक्रममा दाताहरुले सो छात्रवृत्ति रकम प्रदान गरेका हुन् ।
छात्रवृत्ति रकम प्रदान गर्नेमा विराटनगर–१० का शिक्षासेवी तथा समाजसेवी रमेशमान श्रेष्ठ छन् । उनले अमेरिका बस्ने नातिनी नोरा मोर्यको छैटौं जन्म दिनको अवसरमा गुरुकुलका जेहेन्दार विद्यार्थीको पढाइलाई सहयोग स्वरुप नगद १८ हजार रुपैयाँ प्रदान गरे ।
त्यसैगरि विराटनगर–१० कै शिक्षासेवी तथा समाजसेवी मोहन वाग्लेले पनि वाग्ले परिवारको तर्फबाट १८ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका थिए ।
सो रकमबाट विद्यार्थीहरु कक्षा केजीका अनर्व यादव, कक्षा १ का बेवी यादव र साइमन साह, कक्षा ४ का एनजल कामत र कक्षा ५का कुसुम यादवले छात्रवृति पाएका छन् ।
यसैगरी कक्षा ६ का अनोखा यादव र आचलकुमारी कामत, कक्षा ८ का पञ्चम राजवंशी र शुष्मा यादवलाई जनही चार हजारका दरले दाताहरुले प्रदान गरेका थिए ।
कार्यक्रममा समाजसेवी मोहन वाग्ले, नरेन्द्र खतिवडा, लालबाबु ठाकुर र अभिषेक अर्याललगायतले छात्रवृत्ति रकम वितरण गरेका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद चुँडालले सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए ।
View : 200
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved