Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

नेपाल विजनेस कलेजमा नयाँ विद्यार्थीको स्वागत

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

विराटनगर । नेपाल विजनेस कलेजले नयाँ शैक्षिकसत्रमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । 

विराटनगर–११ स्थित कलेजले शनिबार एक कार्यक्रमका साथ विभिन्न संकायमा भर्ना भएका ३५० जना विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।

कलेजको पाँचौं सेमेष्टरका विद्यार्थीहरूले बीबीए, बीआईटी, बीएचएम र एमबीएमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरे । 

उनीहरूले विभिन्न नृत्य, गायन र फेसन शो प्रदर्शन गर्दै नयाँ विद्यार्थीको स्वागत गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका संस्थापक अध्यक्ष डा. भेषप्रसाद धमलाले नवआगन्तुक विद्यार्थी र अध्ययनरत विद्यार्थीहरूबीचको मित्रता अभिबृद्धि गर्दै अन्तरघुलन बढाउन विद्यार्थीहरूले नै कार्यक्रमको तयारी गरेको बताए । 

उनले गुणस्तरीय शिक्षासँगै सीपमूलक व्यावहारिक ज्ञान प्रदान गर्नसमेत कलेज तत्पर रहेको जानकारी दिए ।

कलेजका निर्देशक दीपक कोइरालाले विद्यार्थीहरूले रचनात्मक रुपमा कार्यक्रमको आयोजना गरेको बताए । 

कलेजमा आएका नयाँ विद्यार्थीहरूलाई अध्ययनको वातावरण बनाउन पुराना विद्यार्थीहरूले नै भूमिका खेल्ने गरेको जानकारी दिए ।

सन् २०१४ देखि सञ्चालित नेपाल विजनेश कलेजले एमबीए अध्ययनका लागि पहिचान बनाइसकेको छ । कलेजमा कोशी प्रदेशका सबै जिल्लासहित मधेश प्रदेशको जनकपुरसम्मका विद्यार्थीहरू आउने गरेको कोइरालाले बताए ।

लिंकन कलेजसँग शैक्षिक सहकार्य गर्दै आएको कलेजले एमबीएमा हालसम्म आठौं ब्याचका विद्यार्थीहरू पास आउट भइसकेका छन् । 

उनीहरूमध्ये अधिकांश विद्यार्थीहरू विभिन्न पेशा व्यवसाय र रोजगारी सुनिश्चित गरिसकेको जनाइएको छ ।

View : 104

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved