Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सुनसरीमा उत्पन्न तनाव हटाउन सर्वपक्षीय अपिल

उद्‌घोष संवाददाता
२४ चैत २०८०, शनिवार

Advertisement

सुनसरी । सुनसरीको हरिनगर र देवागञ्जमा दुई समुदायका बीचमा उत्पन्न विवाद समाधानका लागि सुनसरीका जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुत्त 
अपिल जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा शनिबार भएको सर्वपक्षीय बैठकपछि सुनसरीका विभिन्न पालिकाका प्रमुख, प्रदेशसभा सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूले सामाजिक सद्भाव कायम गर्न अपिल जारी गरेका हुन् ।

शुक्रबारबाट सुनसरीको सदरमुकाम इनरुवासहित ५ वटा पालिकाहरूमा कर्फ्यु जारी रहेको बेला समस्या समाधानमा सबै एक जुट भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । अपिलमा केही अराजक तत्वले सामाजिक सद्भाव बिथोल्न खोजेको प्रति खेद व्यक्त गरिएको छ । 

यस्तै सबै धर्म एवं सम्प्रदायबीच आपसी एकता, सद्भाव कायम राख्ने कार्यमा जुट्न उनीहरुले सबैलाई आग्रहसमेत गरेका छन् ।

अपिलमा घटनाको सत्यतथ्य छनाबीन गरी दोषीलाई कारबाही गरिने समेत प्रतिबद्धता जनाइएको छ । आन्दोलनरत सबै पक्षलाई आˆना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न र छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि अपिल गरिएको छ । 

जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको सर्वपक्षीय बैठकले घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरू पोस्ट नगर्न आग्रहसमेत गरेको छ ।

यदि यस्तो गरेको पाइएमा जो कोहीलाई कानून अनुसार कार्वाही गरिने निर्णय समेत बैठकले गरेको छ ।

दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि शुक्रबार साँझदेखि लगाइएको कर्फयू जारी छ । अवस्था सामान्य नबनेसम्म कर्फ्यू नहट्ने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

View : 400

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved