विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा बिहीबारदेखि सुरु हुने कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो २०८१ मा रहने स्टलहरूको तयारी धमाधम भइरहेको छ । स्टल निर्माणलाई अन्तिम रूप दिइदैछ ।
त्यसैगरी यहाँ राखिने सामग्रीहरूको ढुवानी पनि सम्बन्धित किसान र कृषि व्यवसायीहरूले गरिरहेका छन् ।
कृषि एक्स्पोका लागि पाँच वटा ब्लकमा १३० वटा स्टल रहने जनाइएको छ । जसमा कृषि तथा पशुपंक्षी सम्बन्धि सरकारी कार्यालयको स्टलदेखि निजी क्षेत्रले उत्पादन गरेका कृषि उपकरण र किसानको उत्पादन प्रदर्शनीमा राखिने छन् ।
मुलुकको आर्थिक विकासको मुख्य स्रोतका रुपमा रहेको कृषि क्षेत्रलाई अघि बढाउन एक्स्पो सफल हुने आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले जनाएको छ ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले किसानको व्यापक सहभागिताले कृषि एक्स्पो सफल हुने बताए ।
View : 323
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved