विराटनगर । सशस्त्र प्रहरी बल, नेपालले झापाको मेचीनगरबाट १ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको फर्सीको बियाँ बरामद गरेको छ ।
२०८३ मंसिर १२ गते झापा र इलामको सिमानामा पर्ने मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको फर्सीको बियाँ बरामद गरिएको हो ।
बिओपी बाहुण्डाँगीबाट खटिएको मोबाइल गस्ती टोलीबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले उक्त बियाँ बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार ४८५ बोरामा रहेको १९ हजार ४ सय केजी फर्सीको बियाँको मूल्य १ करोड १६ लाख ४० हजार रुपैयाँ रहेको छ ।
बरामद गरिएको बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टाको भण्डारण गृहमा राखिएको छ । उक्त सामग्री सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 12
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved