विराटनगर । मोरङ उद्योग व्यापार संघले बीमा नीति सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष अनुपम राठी र निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर नेपालको निर्जीवन बीमाका उच्च प्रिमियम दर तथा अन्य नीतिहरुसहित औद्योगिक, व्यवसायिक क्षेत्रका विद्यमान समस्याहरुबारे ध्यानाकर्षण गराउँदै अर्थतन्त्र सुधारका लागि सुझावसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
निर्जीवन बीमाका अत्यधिक दर तथा न्यायिक नभएका नीतिहरु बारे उल्लेख गर्दै भारतसहित अन्य मुलुकको तुलनामा नेपालको निर्जीवन बीमाको दर ५० देखि २०० प्रतिशतसम्म उच्च रहेको, आतंकवाद लगायत कतिपय अनावश्यक एवं नगण्य जोखिमहरुको समेत अनिवार्य रुपले बीमा गर्नुपर्ने बाध्यकारी नीति न्यायोचित नरहेको ज्ञापनमा उल्लेख गरिएको छ ।
यस्तै जोखिमहरुको वर्गीकरण वैज्ञानिक तवरले नगरिएको, बीमा शुल्क गणना गर्ने कार्यविधि प्रष्ट नरहेको, बीमित स्वयंले बीमा शुल्क गणना गर्नसक्ने व्यवस्था नरहेको, बीमा गराउँदाको कमिशन दर न्यून गरिएको लगायतका अवस्थाहरुबाट समेत नेपाली उत्पादन र उपभोग्य वस्तुहरुको लागत खर्च उच्च हुन गएको भन्दै मन्त्री पौडेलको ध्यानाकर्षण गरिएको अध्यक्ष राठीले बताए ।
View : 194
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved