विराटनगर । नेकपा एमाले बुढीगंगा नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन बोगटी सर्वसम्मत चयन भएका छन् ।
चैत २३ मा उद्घाटन भएपनि सर्वसम्मत् नेतृत्व चयन गर्ने भन्दै प्रक्रिया लम्ब्याएर पाँच दिनपछि कमिटीको घोषणा गरिएको हो ।
अधिवेशन उद्घाटनकै दिन मनोनयन दर्ता समेत सकिएको थियो ।
अध्यक्ष पदका लागि बोगटीसहित रमेश केसी, रमेश खनाल र रीता न्यौपानेले समेत उम्मेदवारी दर्ता गरेका थिए । नेतृत्व चयनको प्रक्रिया जबरजस्ती लम्ब्याउँदा नेतृत्व चयनको प्रक्रिया प्रभावित भएको थियो ।
बुधबार घोषित गाउँ कमिटीको उपाध्यक्षमा बाल्मिकी चौधरी, सचिवमा अशोक अधिकारी र दुई उपसचिवमा दिनेश कार्की र संगीता थापा केसी चयन भएको जनाइएको छ ।
दोस्रो जिल्ला अधिवेशनले ६१ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ ।
View : 918
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved