Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा विविध कार्यक्रम गरी ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

विराटनगर । विराटनगरमा योगको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरूले माघे सङ्क्रान्ति तथा ११ औँ राष्ट्रिय योग दिवस भव्य रूपमा मनाएका छन्। बिहीबार पतञ्जली योग समिति मोरङको आयोजनामा विराटनगरस्थित परोपकार अभियानको सभाकक्षमा विशेष योग शिविर तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरूले विभिन्न यौगिक क्रिया र प्राणायामको अभ्यास गरेका थिए। सो अवसरमा पतञ्जली योग समिति मोरङका पदाधिकारीहरूले स्वस्थ जीवनका लागि योगको अपरिहार्यता बारे चर्चा गरे ।

वक्ताका रूपमा पतञ्जली योग समिति मोरङका उपाध्यक्षद्वय ऋषि खतिवडा र दामोदर पोखरेल, महासचिव फडिन्द्र अधिकारी, कोशी प्रदेश सचिव शोभा कोइराला, तथा महानगर अध्यक्षद्वय कुमारी तामाङ र माधव अधिकारीले योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिए । उनीहरूले योगले शारीरिक मात्र नभई मानसिक र आध्यात्मिक शान्ति प्रदान गर्ने बताए ।

यसैगरी, राष्ट्रिय योग दिवसकै अवसरमा पतञ्जली योग समितिकी आजीवन सदस्य शिल्पा प्याकुरेलको नेतृत्वमा एक टोलीले विराटेश्वर वृद्धाश्रममा पुगेर ज्येष्ठ नागरिकहरूसँग उत्सव मनाएको छ। टोलीले त्यहाँ रहेका वृद्धवृद्धाहरूसँग माघे सङ्क्रान्तिको शुभकामना साटासाट गर्नुका साथै योगका फाइदाहरूबारे जानकारी गराएको थियो।

कार्यक्रममा पतञ्जली मोरङ जिल्लाका सदस्यहरू हरि भट्टराई, जुना नेपाल, मोहन पाण्डे, दिपिशा खड्का लगायतको सक्रिय सहभागिता रहेको थियो। ज्येष्ठ नागरिकहरूले पनि उत्साहका साथ योग दिवसको कार्यक्रममा सहभागिता जनाएका थिए ।

नेपाल सरकारले हरेक वर्ष माघे सङ्क्रान्तिका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेअनुरूप देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

View : 334

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved