Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

रुपात्रेय बालकृष्ण–शान्ता वाङ्मय प्रतिष्ठान स्थापना

उद्‌घोष संवाददाता
८ फागुन २०८०, मङ्गलवार

Advertisement

विराटनगर । भाषाशास्त्री बालकृष्ण पोखरेलको योगदानलाई चिरस्थायी बनाउन र उनले नेपाली भाषा साहित्यमा गरेको महान कार्यलाई संरक्षण गर्नुका साथै उनका अप्रकाशित रचनाहरु प्रकाशन गर्ने, प्रचार–प्रसार गर्ने, अनुवाद गर्ने र उनको सम्मानमा पुरस्कार स्थापना गर्नका लागि रुपात्रेय बालकृष्ण–शान्ता वाङ्मय प्रतिष्ठान स्थापना गरिएको छ ।

उनका सुपुत्र कवि एवम् कथाकार मुनाल पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ । 

समितिको अध्यक्षमा मुनाल पोखरेल, उपाध्यक्षमा दिनेशराज सुबेदी ‘दिङ्लाली कान्छो’, सचिवमा चूडामणि नेपाल ‘अकिञ्चन’ र कोषाध्यक्षमा सुनिता पोखरेल चयन भएका छन् । 

यसैगरी  सदस्यहरूमा सरला चापागाईं, हरिप्रसाद बराल, बाबुराम श्रेष्ठ वर्षा, लक्ष्मी पोखरेल, व्युटीकुमारी श्रेष्ठ छन्।

प्रतिष्ठानले २०८१ सालदेखि भाषाशास्त्री बालकृष्ण पोखरेलको सम्झना र योगदानको उच्च कदर गर्दै उनको सम्मानमा संस्थाका तर्फबाट ५१ हजार १ सय ११ रुपैयाँको ‘रुपात्रेय बालकृष्ण वाङ्मय पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ ।

सो पुरस्कारको राशी पारिवारिक स्रोतबाट बेहोरिने जानकारी अध्यक्ष मुनाल पोखरेलले दिएका छन् ।

सो प्रतिष्ठान बालकृष्ण पोखरेल जीवित रहदै उनको अध्यक्षतामा गठन भै ‘रूपात्रेय वाङ्मय प्रतिष्ठान’ को नाममा सञ्चालनमा रही बिभिन्न चार अंकका पुरस्कारहरू वितरण गरी सकेको थियो भने यसले सोही कार्यलाई निरन्तरता दिने सचिव नेपालले जानकारी दिएका छन् ।

View : 573

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved