Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले फर्केका मोरङका चार जना प्रतिनिधि मनोनित

उद्‌घोष संवाददाता
२६ मंसिर २०८२, शुक्रवार

विराटनगर । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहित एकतापछि समाजवादीबाट एमालेमै फर्किएका कोशी प्रदेशका आठजनासहित १८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । 

तत्कालीन पार्टीका केन्द्रीय सदस्यसम्मलाई मात्र हाल प्रतिनिधि बनाइएको र थप केहीलाई मनोनितभित्र समेटिने एमालेले जनाएको छ । 

माओवादीसँग एकता गर्नकै लागि माधव नेपालले केन्द्रीय सदस्यमा थपेकाहरु पनि एमाले फर्केर महाधिवेशन प्रतिनिधि बनेका छन् ।

समाजवादीबाट एमाले फर्केका मोरङका चारजना महाधिवेशन प्रतिनिधि बनेका छन् । 

मोरङबाट महाधिवेशन प्रतिनिधि बनेकाहरुमा वीरेन्द्र यादव, डा. उद्घव पोखरेल, सर्सुदेवी गुरुङ (शर्मिला) र हिराकुमारी दाहाल (मीरा) छन् । 

त्यस्तै धनकुटाका अर्जुन राई, खोटाङका अम्बिका राई र बबी चाम्लिङ राई तथा तेह्रथुमका पिताम्बर तिमल्सिना प्रतिनिधि मनोनित भएका छन् । 

एमालेले रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ (किसान) सहितका नेताहरुलाई पनि प्रतिनिधि बनाएको छ । 

उनीहरु कात्तिक २४ मा एमालेमा फर्किएका थिए । फर्किनेमध्ये केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि बनाउने निर्णय एमालेले गरेको थियोे ।

View : 286

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved