Biratnagar, Morang, Nepal
१ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

अमेरिकाको भर्जिनियामा २० दिनदेखि बेपत्ता छिन् नर्स ममता काफ्ले भट्ट

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

विराटनगर । अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससबाट गत अगस्ट १ देखि बेपत्ता भएकी एक नेपाली मुलकी नर्सको अवस्था २० दिनसम्म पनि अज्ञात रहेको छ । नर्स ममता काफ्ले भट्ट फेला नपरेपछि उनको खोजीका लागि अमेरिकाका धेरै ठाउँमा शान्तिपूर्ण दवाव प्रदर्शन जारी छन् । 

उनकी एक वर्षकी छोरी रहेकी छन् । आमा बेपत्ता भएपछि ठुलो सङ्ख्यामा उपस्थित भएका नेपाली समुदायले छोरीको मंगलबार जन्मदिन मनाइदिएका छन् । 

ममता अझै पनि घर फर्किएर आउने विश्वासमा उनीहरूले अमेरिकी सुरक्षा निकायहरूलाई खोजीका लागि दवाव बढाइरहेका छन् ।

ममतासँगै अस्पतालमा कार्यरत रहेका नर्सहरू सुनिता बस्नेत, बिना खड्का लामा लगायतले मनासस पार्क प्रहरी चौकीमा भेला भएर उनीकी एक वर्षीया छोरीको जन्मदिन मनाएको जनाइएको छ ।

सुरक्षा निकायले पनि उनको खोजीलाई तिव्रता दिएको त्यहाँको नेपाली समुदायका प्रतिनिधिहरूले बताएका छन् । तर २० दिनसम्म ममता फेला पर्न सकेकी छैनन् ।  

उनीहरूले ‘अझैपनि ममता घर आउ, हामी तिमीलाई माया गर्छौं, ममतालाई खोज्न हामीलाई मद्दत गरौं, हामी ममतालाई घर ल्याउन चाहन्छौँ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै आएका छन् ।

उनीहरूले ‘लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट’ नामक पेज मार्फत ममताको खोजीका लागि बहस अभियान चलाइरहेका छन् । 

ममता उनका श्रीमान् नरेश भट्टबीच केही बर्षयता घरायसी समस्याहरूका बारेमा विवाद हुने गरेको थियो । त्यो कुरा ममताका श्रीमान नरेशले नै एउटा अन्तरवार्तामा स्वीकार गरेका छन् ।

ममताको माइती हाल काभ्रेको पनौती नगरपालिका–६ मा रहेको जनाइएको छ । माइती पक्षले भने छोरी ममतालाई ज्वाइँ नरेश भट्टले कुटपिट गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

ममताको खोजीमा लागिपरेका नेपाली समुदायका प्रतिनिधिहरूले उनको खोजीका लागि नरेशले अहिलेसम्म अगुवाई नगरेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । 

View : 397

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved