विराटनगर । तेरापन्थ युवक परिषद, विराटनगरद्वारा आयोजित ‘मेगा ब्लड डोनेशन ड्राइभ’ कार्यक्रममा ५ सय ३२ पिन्ट रगत संकलन भएको छ ।
बुधबार आयोजित सो कार्यक्रमबाट त्यति ठूलो परिमाणमा रगत संकलन भएको हो ।
विराटनगरका विभिन्न आठ क्याम्पबाट रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकन गरिएको हो ।
अखिल भारतीय तेरापन्थ युवक परिषदको विशेष आह्वानमा मेगा ब्लड डोनेशन ड्राइभको आयोजना गरिएको थियो ।
तेरापन्थ युवक परिषद विराटनगरका अमित धाडेवाका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
अरिहन्त मल्टी फाइबरको प्रायोजनमा आयोजित रक्तदान कार्यक्रममा लेडिज सर्कल विराटनगरको पनि विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष गोपाल अग्रवाल, मारवाडी महिला मञ्चकी अध्यक्ष सरिता लालवानीको उपस्थिति रहेको थियो ।
त्यसैगरी तेरापनथ प्रोफेशनलका अध्यक्ष अमित सुराना, लायन्स क्लव विराटनगरका अध्यक्ष मनोज मुन्दडा, लेडिज सर्कल–५ की चेयरपर्शन कुसुम लुनियाँ, युवक परिषद विराटनगरका पूर्वअध्यक्ष तथा सल्लाहकार पंकज लुनियाँ लगायतको उपस्थितिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
View : 479
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved