Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक टेबल हुँदै

उद्‌घोष सम्वाददाता
९ मंसिर २०८०, शनिवार

विराटनगर : आज शनिबार बस्ने प्रदेश सभा बैठकमा कोशी प्रदेश सरकारले बजेट प्रतिस्थापन विधेयक टेबल गर्ने भएको छ । 

कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक बर्ष २०८०÷०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्ताव स्वरुप सभामा पेश हुने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको मुख्यमन्त्री बनेका हिक्मत कुमार कार्की नेतृत्वको सरकारले कोशी प्रदेशको बजेट शुन्यता अन्त्य गर्दै अध्यादेशमार्फत बजेट कार्यन्वयनको बाटो खोलेका थिए ।

उनले पहिलो पटक ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट अध्यादेशमार्फत नै ल्याएका थिए । तर पहिलो अध्यादेशको प्रतिस्थापन विधेयक आउन नसक्दा त्यसपछिका मुख्यमन्त्री उद्धव थापाले पनि बजेट कार्यन्वयनको बाटो खोल्न सकेका थिएनन् ।

थापा नेतृत्वको सरकार अदालतको फैसलाबाट ढलेपछि कार्कीले दोस्रो पटक अध्यादेशमार्फत ल्याएको बजेट कार्यन्वयन गर्न वर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो । 

View : 192

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved