काठमाडौं। शेयर बजार अस्वाभाविकरूपमा बढ्ने क्रम बुधबार पनि जारी रह्यो। नेप्से ५४.०४ को अंकले बढेर २३६४.६३ को विन्दुमा रहँदा कारोबार रकम १२ अर्ब नाघेको छ।
मंगलबार नेप्से ७०.१८ को अंकले बढेर २३१०.५९ को विन्दुमा पुग्दा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँमा किनबेच भएको थियो। १३ उपसमूहमा म्युचुअल फण्डबाहेक सबै बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको थियो।
बुधबार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा किनबेच भएको छ। सबै समूहको सूचक बढेको छ। सर्वाधिक व्यापार उपसमूह ७.३० प्रतिशतले बढेको छ। होटल तथा पर्यटन ५.५५ प्रतिशतले बढ्दा फाइनान्स ५.५०, विकास बैंक ४.०९, निर्जीवन बीमा ३.३४, उत्पादन तथा प्रशोधन ३.०२ प्रतिशतले बढेका छन्।
२०४ कम्पनीको शेयरमूल्य बढ्दा सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनी बढी फाइदामा रहे। उक्त कम्पनीको शेयरमूल्य बढेर पोजेटिभ सर्किट नै लागेको छ। यस्तै सिंगटी हाइड्रो ९.९७, आँखुखोला जलविद्युत ९.९५, मन्दाकिनी हाइड्रोपावर ९.९०, सीइडीबी हाइड्रोपावर ९.८७ प्रतिशतले बढेका छन्।
३२ कम्पनीको शेयरमूल्य घटेको छ। नोक्सानमा पर्नेमा डिबेञ्चर खरिदकर्ता र सामूहिक लगानी कोषका शेयरधनी छन्। सिटिजन्स म्युचुअल फण्ड-२ ९.९०, एनआइएमबी डिबेञ्चर-२०९० ७.७२ प्रतिशतले घटेका छन्।
सर्वाधिक शेयर किनबेच भएको कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड छ। उक्त कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६३७ रुपैयाँको शेयर किनबेच भएको छ। किनबेचमा शेयरको अन्तिम औसत मूल्य प्रति कित्ता २०७ रुपैयाँ ४० पैसा रहेको छ।
यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ७१ लाख ४९ हजार, सोनापुर मिनरल्सको २० करोड ३५ लाख ३९ हजार, हिमाल दोलखा हाइड्रोपावरको २० करोड २७ लाख ६४ हजार र अरुणभ्याली हाइड्रोपावरको १९ करोड ४४ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
View : 166
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved