विराटनगर । विराटनगरको शिक्षादीप माविले आयोजना गरेको ‘शिक्षादीप डान्स एण्ड सिंगिङ आइडल’मा १२ जना विद्यार्थी छनोट भएका छन् ।
मंगलबार भएको सेमिफाइनल राउण्डबाट जुनियरतर्फ ६ र सिनियरतर्फ ६ जना विद्यार्थी छनोट भएको विद्यालयका नृत्य प्रशिक्षक दीपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार जुनियरतर्फ रितिका भट्टराई, सुहानिका पौडेल, सिवानी पोखरेल, लिजा सहनी र कृतिका नेपाल छन् ।
सिनियरतर्फ निखिल सरदार, सिम्रन साह, प्रजिता राई, खुशी भुजेल, युवाना चौधरी र सनिया ठाकुर छनोट भएको नृत्य प्रशिक्षक थापाले बताए ।
शिक्षादीप डान्स एण्ड सिंगिङ आइडलको फाइनल प्रतिष्पर्धा माघ २८ गते हुने विद्यालयका प्रिन्सिपल गणेश गौतमले जानकारी दिए ।
माघ ६ गतेदेखि शुरु भएको अडिसनमा २८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । फाइनल राउण्डमा १२ जना छनोट भएको प्रिन्सिपल गौतमले बताए ।
View : 499
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved