Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

शिक्षादीप डान्स एण्ड सिंगिङ आइडलमा १२ विद्यार्थी छनोट

उद्घोष सम्वाददाता
२३ माघ २०८०, मङ्गलवार

विराटनगर । विराटनगरको शिक्षादीप माविले आयोजना गरेको ‘शिक्षादीप डान्स एण्ड सिंगिङ आइडल’मा १२ जना विद्यार्थी छनोट भएका छन् । 

मंगलबार भएको सेमिफाइनल राउण्डबाट जुनियरतर्फ ६ र सिनियरतर्फ ६ जना विद्यार्थी छनोट भएको विद्यालयका नृत्य प्रशिक्षक दीपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार जुनियरतर्फ रितिका भट्टराई, सुहानिका पौडेल, सिवानी पोखरेल, लिजा सहनी र कृतिका नेपाल छन् । 

सिनियरतर्फ निखिल सरदार, सिम्रन साह, प्रजिता राई, खुशी भुजेल, युवाना चौधरी र सनिया ठाकुर छनोट भएको नृत्य प्रशिक्षक थापाले बताए । 

शिक्षादीप डान्स एण्ड सिंगिङ आइडलको फाइनल प्रतिष्पर्धा माघ २८ गते हुने विद्यालयका प्रिन्सिपल गणेश गौतमले जानकारी दिए । 

माघ ६ गतेदेखि शुरु भएको अडिसनमा २८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । फाइनल राउण्डमा १२ जना छनोट भएको प्रिन्सिपल गौतमले बताए ।

View : 59

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved