Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

स्टार सहकारीको साधारणसभा

उद्घोष सम्वाददाता
१९ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । विराटनगर–१२ स्थित स्टार वहुउद्देश्यीय सहकारी संस्थाले २०८१ असार मसान्तसम्ममा ३३ करोड ९४ लाख निक्षेप संकलन गरी ३३ करोड ३३ लाख कर्जा लगानी गरेको छ । 

शनिबार सो संहकारीको २७ औं साधारणसभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रमेशप्रसाद पोखरेलले २ हजार ४ सय ९६ जना शेयर सदस्यबाट सो निक्षेप संकलन भई कर्जा वितरण गरिएको बताएका हुन् । 

सो साधारणसभाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीको महत्व रहेको बताए । 

उनले पछिल्लो समयमा सहकारीको बारेमा अनेक नकरात्मक कुराहरु आइरहेकाले सोतर्फ सबै सहकारीकर्मी सचेत हुनुपर्ने बताए ।  समाज रुपान्तरणका लागि सहकारी कुशल माध्यम हुनसक्ने बताए । 

संस्थाका अध्यक्ष रमेशप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक योगमाया सुवेदी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरका क्याम्पस प्रमुख डा. रामवतार शरण, उपप्राध्यापक रवि रोका, विराटनगर–१२ का वडाध्यक्ष हीरालाल कामत, १४ का वडाध्यक्ष सूर्यनारायण महतोलगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा  बिभिन्न सरकारी विद्यालयवाट यस बर्ष एसईई  उत्तीर्ण   ११ जना विद्यार्थीहरुलाई जनही ७ हजारका दरले छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।

View : 69

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved