विराटनगर । नेपाली कांग्रेस निकट नेपाल मुल्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशन असार ८ गते शनिबार हुने भएको छ ।
शनिबार बसेको बैठकले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको प्रमुख आतिथ्यतमा अधिवेशन गर्ने निर्णय गरेको संघका मोरङ सभापति आजाद आलमले जानकारी दिए ।
नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा हुने अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । संघको नेतृत्वमा वर्तमान सभापति आजाद आलमले नै दोहोरिने इच्छा देखाएका छन् ।
उनले सहमतिमै नेतृत्व चयन गर्न छलफल भैरहेको बताए ।
View : 344
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved