Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बालयौन दुराचार आरोपमा पक्राउ

उद्‌घोष संवाददाता
७ मंसिर २०८२, आइतवार

Advertisement

विराटनगर । बालकहरूलाई यौन दुराचार गरेको आरोपमा विराटनगरमा एक व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । ती व्यक्तिले यौन दुराचार गरेका पीडित धेरै बालक भएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार एकान्तमा बालक फेला पारी यौन दुराचार गर्दै आएको सूचनाका आधारमा पक्राउ गरिएका ती ब्यक्तिबिरूद्ध जाहेरी नपरेकाले प्रहरीले घटना सार्वजनिक गरेको छैन । 

‘बालकहरूलाई यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको हो, उनी बिरूद्ध कुनै उजुरी आएको छैन’ मोरङ प्रहरी स्रोतले भन्यो ‘हामी पीडितहरू खोज्दैछौं ।’ 

बालकलाई यौन शोषण गर्ने एक प्रकारको रोग जस्तै भएको र ती व्यक्तिले धेरैलाई पीडित बनाएको बताइएको छ ।

View : 271

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved