विराटनगर । प्रतिष्ठित ब्रान्ड गोदरेजले नेपाली बजारमा आफनो नयाँ डबलडोर रेफ्रिजरेटरको सुरूवात गरेको छ ।
नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले २३४लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्दछ ।
यस गोदरेज २५० मोडेलले नेपालमा हुने विद्युत उतार–चढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको छ ।
यो रेफ्रिजरेटर मध्यम आकारका नेपाली परिवारहरूको हप्ताभरिको खाना आवश्यकतालाई पूरा गर्ने क्षमता राख्दछ ।
यो गोदरेज डबलडोर रेफ्रिजरेटर स्वास्थ्यप्रति सचेत गृहिणीहरू, र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने सबै उपभोक्ताहरूको लागि उपयुक्त छ । गोदरेज डबलडोर रेफ्रिजरेटर नेपालभर उपलब्ध छ ।
नेपालमा गोदरेज उत्पादनहरूको अधिकृत वितरक सीजी इलेक्ट्रिोनिक्स हो, जसले देशव्यापी वितरण नेटवर्क र गुणस्तर सेवा प्रदान गर्दछ ।
गोदरेज भारतको प्रतिष्ठित बहुराष्ट्रिय समूह हो, जसले १२५वर्षदेखि विभिन्न क्षेत्रहरूमा नवीनता र विश्वसनीयताका साथ सेवा प्रदान गर्दै आएकोछ ।
View : 104
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved