Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

उद्‌घोष संवाददाता
४ जेठ २०८३, सोमवार

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

सोमबार पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रकम फिर्ता गर्नुपर्ने छ ।

तीमध्ये अधिकांश साना बचतकर्ता रहेका सचिवालयले जनाएको छ ।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।

कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने १८ हजार रहेका समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताए ।

उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले दुई करोडभन्दा बढी ऋण फिर्ता गरेका छन् ।

ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ ।

View : 130

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved